किन्समा फेयरवेल र मिनी म्याराथुन
मिति २०६९ साल फाल्गुण २४ गते बिहीवारका दिन गुह्येश्वरी, खरिबोट, काठमाडौँ स्थित काठमाडौँ इन्टरनेसनल स्कुलमा यस वर्षको एस.एल.सी. परीक्षामा सम्मिलित हुने ७७ जना विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले बिदाई गर्दै फेयरवेल कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा गीत, संगीतका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । कक्षा १० बाट सबैभन्दा अनुशासित, नियमित कक्षा आउने, उच्च बौद्धिक विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै फाल्गुण २६ गते शनिवारका दिन किन्स मिनी म्याराथुनको दोस्रो संस्करणको पनि आयोजना गरियो । उक्त म्याराथुनमा छात्रतर्पm कक्षा ४ का निखिल श्रेष्ठ प्रथम, कक्षा ५ का डेभिड कर्माचार्य द्वितीय र कक्षा ७ का मोहम्मद आयान तृतीय भएका थिए भने छात्रातर्पm कक्षा ८ का विद्यार्थीहरू काजल कार्की, निकिता पौडेल, मुदिता अधिकारी क्रमशः प्रथम, द्वितीय र तुतीय भएका थिए । विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई पढाइका साथसाथै विभिन्न क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने विद्यालयको उद्देश्य अनुरूप भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिंदै जाने विद्यालयका संस्थापक प्रिन्सिपल कैलाश कार्कीले बताउनुभयो ।
No comments:
Post a Comment